नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्माटच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । एससीटी र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा एससीटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ सो सम्झौता गरिएको कम्पनीले जनाएको छ । बैंक र एससीटीबीच भएको सो सम्झौताले समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिइएको छ ।

साे सम्झौता पश्चात एससीटी र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुने कम्पनीले जनाएको छ ।