नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ।

सेवा सञ्चालनसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीहरूलाई भुक्तानी दिन सक्नेछन्। साथै, अहिलेसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरूले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्नेछन्। 

नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्डस्टारका सोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशत (तीन सय रूपैयाँसम्म) आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरू सार्वजनिक गर्ने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल पेमेन्टस् कम्पनीले संयुक्त रूपमा जानकारी दिएको छ।

For more: